भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमित एक जना मृत्यु

भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमित एक जना मृत्यु

काठमाडौँ । भैरहवाको भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका– ६ सब्जीमण्डीका ५७ बर्षीय कोरोना संक्रमित पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ ।  भदौ १५ गतेदेखि आईसीयूमा उपचाररत उनलाई बुधबार दिउँसो ३ बजे हृदयघात भएको र साढे ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले जानकारी दिएका छन ।

१० वर्षअघि मुटुको शल्यक्रिया गरेका उनले नियमित औषधि सेवन गर्दै आइरहेका थिए । बुटवलको कोरोना बिशेष अस्पतालमा आईसीयू बेड नभएपछि भीम अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था स्थिर रहेकामा एक्कासी हृदयघात भएको पोखरेलले बताए । अस्पतालमा कोरोना संक्रमित मृतककी श्रीमतीको पनि आईसीयूमै राखेर उपचार भइरहेको सूचना अधिकारी डाक्टर पोखरेलले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार