काठमाडौँ । झापाको बीएण्डसी हस्पिटलका चिकित्सकसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार संक्रमितको सम्पर्कमा रहेका कारण आइसोलेसनमा बसेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा चिकित्सक, नर्स, कर्मचारी र बिरामी रहेका छन् ।
झापाको बीएण्डसी हस्पिटलका चिकित्सकसहित १२ जनालाई कोरोना पोजेटिभ
