काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
संक्रमित ती पुरुषको शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।