त्रिशूली नदीमा तेलको ट्याङ्कर खसेर आगलागी

त्रिशूली नदीमा तेलको ट्याङ्कर खसेर आगलागी

फोटो : पत्रकार पोषनाथ अधिकारीको फेसबुकबाट

चितवन । धादिङमा तेल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । ना ४ ख २८२२ को पेट्रोल ट्याङ्कर धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ चिरौदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

ट्याङ्करमा रहेका चालक र सह-चालक बारेमा जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिएका छन । नदीमा खसेको गाडी पानीमा डुबेको छ । केही भाग मात्रै देखिएको छ । अहिले उद्धार कार्य भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार