छाउनीमा उपचाररत कोरोना संक्रमित सैनिकको मृत्यु

छाउनीमा उपचाररत कोरोना संक्रमित सैनिकको मृत्यु

काठमाडौँ । सैनिक अस्पताल छाउनी काठमाडौँमा उपचाररत कोरोना संक्रमित एक सैनिक जवानको मृत्यु भएको छ। कोरोनाका कारण मृत्यु हुने ती पहिलो सैनिक रहेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए। रामेछाप घर भएका ती सैनिकको भदौ ३१ गते मृत्यु भएपनि असोज १ गते कोरोना संक्रमण पुष्टि भएको हो।

उनी ब्लड क्यान्सरबाट पीडित रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जना निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार