सोमबार थपिए १३५१ कोरोना संक्रमित, संक्रमितको संख्या ७४ हजार नाघ्यो

सोमबार थपिए १३५१ कोरोना संक्रमित, संक्रमितको संख्या ७४ हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ४२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

यसैगरी आइसोलेसनमा रहने कोरोना संक्रमित १९ हजार ६ सय २४ जना छन् भने ६ हजार ३१० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार