सहुलियत मूल्यको पसल सञ्चालनको तयारीमा

सहुलियत मूल्यको पसल सञ्चालनको तयारीमा

काठमाडौं । निजी क्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैंलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा काठमाडौँ उपत्यका भित्र १० वटासहित थप सहुलियत पसल सञ्चालनको प्रारम्भिक समझदारी बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
सहुलियत पसल सञ्चालको निर्णय र मोडालिटी भने सोमबार तय हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्याकारी निर्देशक नेत्रप्रसाद सुवेदीले बताए । ‘खाद्यको पाँच, साल्ट ट्रेडिङको पाँच र केही थप निजी तथा सहकारी साझेदारीमा सहुलियत पसल सञ्चालन गर्नेबारे तयारी गरिरहेका छौँ, छिट्टै निर्णय गर्छौं,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी निर्देशक सुवेदीले भने ।

यसका साथै दुग्ध विकास संस्थाले पनि संयुक्तरुपमा सहुलियत पसल सञ्चालन गर्न समझदारी हुन सक्ने कम्पनीले जनाएको छ । सहुलियत पसलका अलवा खाद्य र साल्ट ट्रेडिङबाट यस वर्षको दशैंमा सहुलियत घुम्ती पसल सेवा पनि सञ्चालन गर्ने कम्पनीको भनाइ छ । त्यस्ता पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि खसी बोकासमेत छुट मूल्यमा पाइने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार