अनशनरत डा. केसीलाई पूर्वराष्ट्रपति यादवले भेटे

अनशनरत डा. केसीलाई पूर्वराष्ट्रपति यादवले भेटे

काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अमरण अनशनरत डाक्ट र गोविन्द केसीलाई शुक्रबार बिहान भेटेका छन् । विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डाक्टर केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन ।

उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’ ‘उहाँजस्तो कमजोर मानिसलाई अनसनमा धेरै दिन राख्नु खतरा हुन्छ। सरकारले माग सम्बोधन गर्नुपर्छ,’ उनले भने। डाक्टर केसी १९ दिनदेखि अनसनमा छन्। जुम्लामा अनसन बसेका उनलाई काठमाडौं ल्याइएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार