अर्घाखाँचीका सिडिओ र सहायक सिडिओलाई कोरोना पोजेटिभ

अर्घाखाँचीका सिडिओ र सहायक सिडिओलाई कोरोना पोजेटिभ

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रजिअ विक्रम थापा र सुरक्षा गार्डलाई समेत कोरोना संक्रमण देखिएको छ । लाई कोरोना भाइरस संक्रमण देखिएको छ। ज्वरो, रूघाखोकी लागेपछि प्रजिअ पौडेलको स्वाब परीक्षण गरिएकोमा बिहीबार रिपोर्ट पोजेटिभ आएको हो। स्वाब परीक्षणका लागि कोभिड–१९ परीक्षण प्रयोगशाला गुल्मी पठाइएको थियो ।

सहायक प्रजिअ थापामा भने कोरोनाका लक्षण देखिएको छैन। केहि दिनअघि  प्रजिअ र सहायक प्रजिअ शीतगंगा नगरपालिका कोठिया तथा सन्धिखर्क नगरपालिका भुजुंगे क्षेत्रमा पहिरोपीडितलाई राहत वितरण गरेर फर्केका थिए। अहिले पौडेल र थापा दुवै जना होम आइसोलेसनमा छन् ।

त्यस्तै अहिले अर्का सहायक प्रजिअ विनोद खनाल लगायतका कर्मचारीले सामाजिक दूरी कायम गरेर कार्यालयको काम निरन्तर दिएका छन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार