शनिबार २१२० जनामा कोरोना संक्रमण, २०४४ कोरोना मुक्त्त

शनिबार २१२० जनामा कोरोना संक्रमण, २०४४ कोरोना मुक्त्त

काठमाडौँ । शनिबार देशभर २ हजार १२० जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्ट र जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९७८ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८४ हजार ५७० पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।

यस्तै आज थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ। यस अवधिमा मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार