कां‌ग्रेस केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि पार्टी कार्यालय सिल

कां‌ग्रेस केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि पार्टी कार्यालय सिल

काठमाडौं । नेपाली कांग्रेसमा चार जना केन्द्रीय सदस्यलाई कोरोना भाइरस संक्रमण देखिएपछि सानेपामा रहेको पार्टीको केन्द्रिय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ।  बिहीबार संकलन गरिएको स्वाबमा चार केन्द्रीय नेतासहित, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको हो। असोज २२ अघि केन्द्रीय केन्द्रीय कार्यालयमा प्रवेश पूर्ण रुपमा रोकिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

नेताहरूमा संक्रमण देखिएपछि आइतबारका लागि निर्धारित पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ। सोमबारका लागि तय केन्द्रीय समिति बैठक भने बस्नेरनबस्ने टुंगो छैन। भर्चुअल माध्यमबाट बैठक गर्नेबारे पनि छलफल भइरहेको कांग्रेसले जनाएको छ।

शनिबार कोरोना संक्रमण पुष्टि भएका नेताहरुसँग भेटघाट भएका अन्य नेतासमेत आइसोलेसनमा रहनुपर्ने भएको छ। परीक्षणको नतिजा आउनु अघिल्लो दिन शुक्रबार नेता कृष्णप्रसाद सिटौलाले गगन थापालाई भेटेका थिए। नेता सिटौला आइसोलेसनमा रहेको बताइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार