मोरङमा ४३ वर्षीय कोरोना संक्रमितको मृत्यु

मोरङमा ४३ वर्षीय कोरोना संक्रमितको मृत्यु

फाईल फोटो

काठमाडौ । मोरङको विराट शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार मोरङ सुन्दरहरैचा नगरपालिका ३ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान ८ बजे १० मिनेटमा उपचारकै क्रममा मृत्यु भएको हो।

उनलाई श्वासप्रश्वासमा समस्यादेखिएसँगै शनिबार अस्पतालमा भर्ना गरिएको थियो । आइसोलेसन इन्चार्ज देवका अनुसार अस्पतालमा भर्ना गर्ने क्रममा पुरुष बेहोस अवस्थामा रहेका थिए ।

पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई विराटकै कोभिड अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार