राससका महाप्रबन्धकलाई कोरोना संक्रमण

राससका महाप्रबन्धकलाई कोरोना संक्रमण

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। महाप्रबन्धक शर्मा होम आइसोलेसनमा छन्।
स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू संक्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन्।

स्वास्थ्य मापदण्ड पालना गर्दै उनी नियमित कार्यालयमा उपस्थित थिए। महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै संक्रमण पुष्टि भएको छ र उनी पनि होम आइसोलेसनमा छन्। उहाँहरू दुवैलाई शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोरोनाका सामान्य लक्षण देखिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार