बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनस् परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको हो।

उनको गत कात्तिक ६ गतेको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो। त्यसपछि उनलाई थप उपचारको लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा ल्याइएको थियो। मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार