कलंकी ढुङ्गेअड्डामा ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा १ जनाको मृत्यु, ६ जना घाइते

कलंकी ढुङ्गेअड्डामा ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा १ जनाको मृत्यु, ६ जना घाइते

तस्वीर- राेशन दानी

काठमाडौं । काठमाडौंको नैकापस्थित ढुङ्गेअड्डा पेट्रोल पम्पनजिक ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश -२- ०३००१ ख १४२०  नम्बरको मालबहाक ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्‍याएको छ ।

घटनास्थलमै मृत्यु हुनेको पुरुषको पहिचान नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । ट्रकले सडक नजिकैको एउटा घरमा पनि क्षति पु¥याएको छ । घटनाको थप विवरण आउन बाँकी छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार