त्रिवेणीमा दाजुभाईको झगडा हुँदा चक्कु प्रहार

त्रिवेणीमा दाजुभाईको झगडा हुँदा चक्कु प्रहार

मुसिकाेट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा तीन दाजुभाई बिच झगडा हुँदा चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट एक जना घाईते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका ६ मुरुखोलाका अन्दाजी १८ बर्षका महेन्द्र पुन, १६ बर्षका चन्द्र पुन र १७ बर्षका प्रेम पुन बिच झगडा हुँदा चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट महेन्द्र पुनका सहोदर भाई चन्द्र पुन घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाईते पुनको छातीमा चक्कुप्रहार भएको प्रहरी नायब उपरिक्षक (डिएसपी) बिष्णु प्रसाद सोतीले जानकारी दिनुभयो । घाईतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । चन्द्रको अवस्था सामान्य रहेको बताईएको छ ।

महेन्द्र चन्द्र सहोदर दाजुभाई हुन् भने प्रेम चन्द्रको काकाको छोरा हुन् । बुधबार राती सँगै बसेर मदिरा सेवन गरेका उनीहरु बिच आपसी बिवाद हुँदा झगडा भएको प्रहरीले जनाएको छ । झगडाको क्रममा चन्द्र माथी चक्कु प्रहार भएको हो ।

चन्द्र माथी आक्रमण गरेका महेन्द्र र प्रेमलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । दुबै जनालाई सिम्रुतु स्थित प्रहरी चौकीले नियन्त्रणमा लिएको डिएसपी सोतीले बताउनुभयो । दुबै जनालाई आजै जिल्ला ल्याईने र आवश्यक अनुसन्धान सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार