विवाह गर्न वडाको सिफारिस अनिवार्य !

विवाह गर्न वडाको सिफारिस अनिवार्य !

सल्यान जिल्लाको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्न यस्तो नियम बनाइएको हो । पालिकाका छवटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौँ प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार बालविवाह रोक्न चुनौती भएपछि यस्तो व्यवस्था गरिएको हो । जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बालविवाह रोक्न जनचेतना अभिवृद्धिलगायतका थुप्रै कार्यक्रम सञ्चालन गरे पनि रोक्न नसकेपछि वडाको सिफारिस बाध्य गरिएको बताउनुभयो । उहाँका अनुसार गाउँघरमा १५–१६ वर्षको उमेरमा बिहे गर्ने क्रम घटेको छैन । बिहे गरे पनि दर्ताका लागि वडामा नआउने गरेको पाइयो । कम उमेरमा गरिने बिहे रोक्न सिफारिस अनिवार्य गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार