✍️रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
याे भाद्र कृष्ण ओैंशीकाे दिन सुनाैलाे दिन याे
जीवित भए बाबाकाे मुख अवश्य हेर्ने हाे ।
देवता जस्तै मान्दछ शास्त्र बाबाकाे रूपमा
बाबाका साथ रहन्छ बाल अनेक सुखमा ।
मायाकाे डाेरी कसिलाे पारी बाबाले हुर्कायाै
सबैको भन्दा ज्ञानी छ बाबू भनेर फुर्कायाै ।
फाटेकाे दाैरा टालेकाे टाेपी कसेर पटुका
काटेर गाँस राखेनाै भाेकाे बिहान बेलुका ।
दैवले हान्याे ठहरै पार्याे निष्ठुरी भएर
बाबाको साथ गुमाई आज बाँच्या छु सहेर ।
भक्कानाे छुट्छ मन याे टुट्छ बाबाकाे यादमा
बेहेसी हुन्छु पागल सरी दिन र रातमा ।
फाेटाेमा हेरी दिन याे बित्छ रात त्याे बित्दैन
लाग्दछ कैले पहाड खसी किन पाे थिच्दैन ?
श्रद्धाका फूल चढाएँ बाबा हेरेर तस्विर
छत्र र छाया मिलेन लामाे खाेटाे याे तग्दिर ।
साकार पार्न सफल बनूँ बाबाकाे सपना
आशिष पाऊँ बाबाकाे सधै गर्दछु कामना ।
२०८० भाद्र कुशे ओैशी , बाबाकाे मुख हेर्ने दिनका उपलक्ष्यमा ।