तिमी त सक्ने रहेछाै जे पनि गर्न
वारी मलाई छाडी एक्लै पारी तर्न ।
भाेग्न त भाेगेकै थिएँ पहिले पनि
गल्ती गरेंछु फेरि तिम्रो भर पर्न ।
म नि उस्तै व्यर्थै मरिहत्ते गरेंछु
गाह्राे हुने उचाइबाट तल झर्न ।
तिमि पहिराे बनेर थुन्याै मलाई
अझै सकिन तिम्रो गहिराई भर्न ।
तिमि बादल बन्याै याे मन झरी भाे
अनि सकिन दिलमा किरण छर्न ।
२०७९ असार १२/ २०८१ असार २२
(तस्बिर/शब्द)
मकवानपुर ।