भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन कांग्रेस र एमालेको प्रधानमन्त्रीलाई संयुक्त ज्ञापन

भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन कांग्रेस र एमालेको प्रधानमन्त्रीलाई संयुक्त ज्ञापन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जाजरकोट भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन् ।

रुकुम (पश्चिम) र रुकुम (पूर्व) का नेपाली काँग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका जिल्ला नेतृत्वले जाजरकोट-भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा  प्रधानमन्त्री ओलीलाई भेटेर दुई जिल्लाका प्रतिनिधिहरुले गत कार्त्तिक १७ गतेको भूकम्पबाट प्रभावितका लागि सरकारले दिने भनेको पहिलो र दोस्रो किस्ताको रकम छिटो उपलब्ध गराउन आग्रह गरेका हुन् ।

संयुक्त ज्ञापनपत्रमा पुनः निर्माणका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्नुपर्ने माग उनीहरुको छ ।

यसगैरी, सशस्त्र द्वन्द्वकालीन र विभिन्न घटनामा नेकपा (माओवादी केन्द्र) इतर पक्षलाई राजनीतिक पहुँच र कानुनी प्रभावमा राखी लोकतन्त्रको अनुभूति गर्न नदिइएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष गरिएको छ ।

ज्ञापनपत्र बुझाउन एमालेका पोलिब्युरो सदस्य खेममान खड्का, कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, एमालेका प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्मा, कांग्रेसका पूर्वराज्यमन्त्री गोपालजीजङ्ग शाह, मुसिकोट नगरपालिकाका मेयर महेन्द्र केसी, रुकुम–पूर्वका एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतम, रुकुम–पश्चिमका कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओली, एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार