सिधा कुराले अदालतको अवहेलना गरेको ठहर, सम्पादकसहित तीनै जनालाई कैद सजाय

सिधा कुराले अदालतको अवहेलना गरेको ठहर, सम्पादकसहित तीनै जनालाई कैद सजाय

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो।

यद्यपि अदालतको अवहेलना गरेको कसुरमा क्षमायाचना गरेमा ७ दिन मात्रै थुनामा राखेर अन्य कैद निलम्बन गर्न फैसलामा उल्लेख छ।

‘त्यस्तो कार्य नदोहोर्‍याउने लिखित प्रतिबद्धता व्यक्त गरेमा निजहरूलाई ठहरेको कैदमध्ये ७ दिनमात्रै थुनामा राखेर सो बाहेकका बाँकी कैद तत्काल निलम्बन गरिदिने, यदी क्षमायाचना नगरेमा वा पुन: त्यस्तो कार्य नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त नगरेमा तोकिएको पुरै सजाय भोग्नुपर्ने साथै निजहरू उपर भविष्यमा अन्य कुनै मुद्दाबाट अदालतको अवहेलनाको कसुर ठहर भएमा हाल निलम्बित कैद समेत थपी कार्यान्वयन गर्नू भनी अभिलेख राख्नू,’ फैसलामा भनिएको छ।

त्यस्तै सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको कुइकेलले जानकारी दिए।

‘न्याय प्रशासन ऐन २०७३को दफा १७ को उपदफा (४) बमोजिम अवहेलनाजन्य कसुर भएकाले निज (सिधाकुरा)लाई रू ५ हजार जरिवाना हुन्छ,’ फैसलामा भनिएको छ, ‘निजले उल्लेखित सामग्री स्रोतलाई विश्वास गरी सत्यतथ्य परीक्षण नगरी प्रकाशन प्रसारण हुन गएको भनी क्षमायाचनासहित सम्बन्धित माध्यम वा कार्यक्रममार्फत यो आदेश प्राप्त भएको मितिले तीन महिनाभित्र भुलसुधार प्रकाशन वा प्रसारण गरी यस अदालतलाई सो जानकारी गराएमा सो जरिवानाको अभिलेखसमेत नरहनेगरी लगत कट्टा गरिदिनु। सो बमोजिमको भुलसुधार प्रकाशन प्रसारण नगरेमा सरकारी बाँकी सरह असुल उपर गर्नू भनी फैसला कार्यान्वयन निर्देशनालयमा लेखि पठाउनु।’

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत इजलासले उक्त फैसला गरेको हो।

अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सिधा कुरा डटकमले ‘डार्क फाइल्स’ नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार