कर्णालीका ३ संसदीय समितिले पाए पूर्णता

कर्णालीका ३ संसदीय समितिले पाए पूर्णता

सुर्खेत । कर्णालीमा लामो समयदेखि रिक्त रहेका तीनवटा संसदीय समितिको नेतृत्वका लागि राजनीतिक दलहरूले सहमति गरेका छन् । जस अनुसार तीनवटै समितिमा नेतृत्वका लागि एकल उम्मेदवारी परेको हो । सार्वजनिक लेखा समितिको सभापतिमा विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दक्षिणाकुमारी शाही र सामाजिक विकास समितिको सभापतिमा पूर्णबहादुर खत्रीको उम्मेदवारी परेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विषयगत समिति सभापतिको टुंगो लगाउन प्रदेशसभाले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । त्यही अनुसार बुधबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो ।तीनवटै समितिमा सर्वसम्मत रुपमा नेतृत्व चयन हुनेगरि उम्मेदवारी परेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताउनुभयो ।

कर्णाली प्रदेशसभामा चारवटा विषयगत समिति छन्। चारमध्ये प्रदेश मामिला समितिको सभापतिमा एकीकृत समाजवादीकी कल्याणी खड्का हुनुहुन्छ । सार्वजनिक लेखा समिति असोज १५, सामाजिक विकास समिति साउन २१ र अर्थ तथा प्राकृतिक समिति वैशाख १८ देखि नेतृत्वविहीन थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार