नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डमा पूर्ण रुपमा बन्द भएको छ।

तुइनखोलामा फेरि पहिरो गएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ।

‘नारायणगढ – मुग्लिङ सडकखण्डमा आज गएको ठूलो पहिरोका कारण उक्त सडकबाट हुने आवागमन पूर्ण रुपमा बन्द हुन पुगेको छ। सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उक्त सडक प्रयोग गर्ने सवारीधनी, सवारीसँग सम्बन्धित संघ-संस्थाहरु तथा यात्रु महानुभावहरुलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय चितवनले भनेको छ।

चितवन प्रशासनले बर्दिवास, हेटौँडा, बुटवल, नौबिसेलगायतका वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

‘वैकल्पिक मार्गको रुपमा महोत्तरी जिल्लाको बर्दिवास, मकवानपुर जिल्लाको हेटौँडा, रुपन्देही जिल्लाको बुटवल, नवलपरासी वर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङ्ग जिल्लाको नौविसे तथा तनहुँ जिल्लाको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग लिनु हुन अनुरोध छ,’ सूचनामा उल्लेख छ।

साथै यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र कुनै समस्या परेमा सडक सुरक्षार्थ खटिइएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुसँग सूचना लिन आग्रह गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार