तेक्वान्दो संघका निवर्तमान अध्यक्ष खड्का सम्मानित

तेक्वान्दो संघका निवर्तमान अध्यक्ष खड्का सम्मानित

मुसिकोट । नेपाल तेक्वान्डो संघ रुकुम पश्चिमका निवर्तमान अध्यक्ष भद्र बहादुर खड्का सम्मानित हुनुभएको छ ।

नेपाल तेक्वान्दो संघको केन्द्रिय कार्यालय ललितपुरमा आईतबार आयोजित कार्यक्रमका बिच खड्कालाई सम्मान गरिएको हो ।

रुकुम पश्चिम जिल्ला अध्यक्ष भई चार वर्षे कालकाल सफल रुपमा पुरा गरेको र तेक्वान्दो खेलका लागि दिएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो ।4

कार्यक्रममा तेक्वान्दो संघको जिल्ला अध्यक्ष पदमा रहेर स्थानीयस्तरमा तेक्वान्दो खेलको विकास, विस्तार र व्यवस्थापनमा पुऱ्याउनुभएको योगदानको उच्च प्रशंसा गरिएको छ ।

खड्कालाई संघका केन्द्रीय उपाध्यक्ष भान बहादुर चन्द, महासचिव डाँगी, चिप कोच टार्जन सुब्बाले सम्मान पत्र, दोसल्ला र अबिर लगाएर सम्मान गर्नुभएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार