मुसिकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा० रुकुम पश्चिमले उम्मेदवार ई. मानबहादुर शाहीको नेतृत्वमा निरन्तर घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ।
अभियानका क्रममा उम्मेदवार शाहीले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक चुनौतीबारे जानकारी गराइरहनुभएको छ।
उहाँले देशमा बढ्दै गएको कुशासन र व्याप्त भ्रष्टाचार अन्त्यका लागि आफ्नो पार्टी संसदमा बलियो उपस्थितिका साथ जान आवश्यक रहेको बताउनुभयो। उहाँले सडक र संसद दुवै माध्यमबाट मुलुक र जनताको बृहत्तर हितका पक्षमा आवाज उठाउन जनताको साथ अनिवार्य रहेको उल्लेख गर्दै सोचविचार गरेर आफ्नो चुनावी चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।
चुनावी अभियान टोलीले निरन्तर घरदैलो गर्दै स्थानीय मतदाताबाट माया, सद्भाव र समर्थन संकलन गरिरहेको जनाएको छ। यस क्रममा नागरिकहरूले राखेका रचनात्मक सुझाव र अपेक्षालाई प्राथमिकताका साथ संकलन गरिएको बताइएको छ।
उम्मेदवार शाहीले स्थानीय विकास, रोजगारी, सुशासन र पारदर्शितालाई प्रमुख एजेन्डा बनाउँदै मतदातासँग संवाद गरिएको बताउँदै मतदाताको अपेक्षा, समस्या र प्राथमिकतालाई आफ्नो चुनावी घोषणापत्र तथा कार्यक्रमसँग जोड्दै अभियानलाई थप तीव्र बनेको जानकारी दिनुभयो।
घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनभावना बुझ्ने र स्थानीय समस्या समाधानलाई केन्द्रमा राख्ने उद्देश्यले आगामी दिनमा अभियानलाई अझ प्रभावकारी बनाइने रास्वपा रुकुम पश्चिमले जनाएको छ।


