मुसिकोटमा अपाङ्गता भएका व्यक्तिलाई मौरीसहितका घार वितरण

मुसिकोटमा अपाङ्गता भएका व्यक्तिलाई मौरीसहितका घार वितरण

मुसिकाेट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई अनुदानमा मौरीसहितका मौरीघार वितरण गरेको छ ।

शनिबार मुसिकाेट नगरपालिकाकाे कृषि विकास शाखाले नगरभित्र रहेका ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका २७ जना व्यक्तिहरूलाई ५० प्रतिशत अनुदानमा मौरीसहितका मौरीघार वितरण गरिएको हाे ।

नगर प्रमुख महेन्द्र के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख बिमल कुमार पुन मगरको उपस्थिति रहेको थियो। कार्यक्रममा लक्षित वर्गका लाभग्राहीहरूलाई आयआर्जनमा सहयोग पुग्ने उद्देश्यले मौरीपालन प्रवर्द्धन गर्ने लक्ष्यसहित मौरीघार वितरण गरिएको हो।

कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार