बाँदर धपाउन २० ‘हेरालु’ को विज्ञापन, तलब मासिक १२ हजार ५ सय

बाँदर धपाउन २० ‘हेरालु’ को विज्ञापन, तलब मासिक १२ हजार ५ सय

काठमाडौँ । अर्घाखाँचीमा बारीमा फल्दै गरेका मकै बाँदरले नोक्सान गर्न थालेपछि डिभिजन वन कार्यालयले २० जना बाँदर हेरालु नियुक्त गर्न विज्ञापन आव्हान गरेको छ ।

जिल्लाका ६ स्थानीय तहका ६१ वडा नै बाँदर प्रभावित क्षेत्र छन् । त्यसमध्ये अति प्रभावित २६ वटा क्षेत्रका गाउँमा मकै जोगाउन वन कार्यालयले हेरालु माग गरेको हो । यतिबेला मकैले घोगा लागिसकेका छन् । मकैबारीमा बाँदरको हूल पसेर नोक्सान गरिदिँदा किसान हैरानीमा परेका छन् ।

१८ वर्षदेखि ४५ वर्षका उमेर समूहका व्यक्तिले शुक्रबारसम्म दरखास्त दिन पाउनेछन् । साउन १० देखि  असोज १० सम्म (दुई महिना) हेरालुले काम गर्नेछन् । त्यसवापत उनीहरुले मासिक १२ हजार ५ सय पारिश्रमिक पाउने सूचनामा उल्लेख छ । हेरालुलाई दिने पारिश्रमिक र अन्य खर्चका लागि शितगंगा नगरपालिका रहेका ८ वटा सामुदायिक वन उपभोक्ता समूहले लगानी गर्नेछन् ।

वन कार्यालयका अनुसार बाँदर हेरालुका लागि शितगंगा नगरपालिका–११ मा रहेका कालिदमार, दोहोटे, शंकरापुर, गैडे,  घैवामैला, वडा १४ को बुद्ध, वाणगंगा र वडा १३ को धिरीखोला सामुदायिक वन उपभोक्ता समूहको आर्थिक सहयोग रहेको छ ।
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार