प्रदेश सरकारका दुई मन्त्रीद्वारा आठबीसकोट नगर अस्पताल निरीक्षण

प्रदेश सरकारका दुई मन्त्रीद्वारा आठबीसकोट नगर अस्पताल निरीक्षण

मुसिकाेट । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री माननीय मिलन खड्का रोका र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय कल्याणी खड्काले आठबीसकोट नगर अस्पताल राडीको स्थलगत निरीक्षण गर्नुभएको छ।

शुक्रबार निरीक्षणका क्रममा अस्पतालको सेवा प्रवाह, जनशक्ति अवस्था तथा अस्पतालले भोगिरहेका समस्याबारे जानकारी लिनुभएको हो। अस्पताल प्रशासनले जनशक्ति अभावका कारण २४ घण्टा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको जानकारी गराएको थियो।

सो अवसरमा मन्त्री मिलन खड्का रोकाले सीमित जनशक्तिका बीच पनि अस्पतालले सचेततापूर्वक र प्रभावकारी रूपमा सेवा प्रवाह गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुभयो।

अस्पतालले भोगिरहेका समस्याप्रति ध्यानाकर्षण भएको बताउँदै मन्त्री रोकाले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अन्तर–मन्त्रालय समन्वयमार्फत अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गरिने बताउनुभयो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार