काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सह-महामन्त्री (पिछडिएको क्षेत्र) तर्फको मतगणना जारी छ।
हालसम्मको मतपरिणामअनुसार कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही अग्रस्थानमा हुनुहुन्छ ।
हालसम्म २ हजार ७ सय मत गणना हुँदा शाहीले १ हजार ५३१ मत प्राप्त गर्नुभएको छ ।
उहाँलाई जनकराज गिरीले ५७८ मतसहित पछ्याइरहनुभएको छ ।
त्यस्तै, नारायण भट्टराईले ३२१, राजन कुँवरले १०५ र रामबहादुर विष्टले ९६ मत प्राप्त गर्नुभएको छ ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।

