काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकमा आज ३ घण्टा आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै मझिमटारमा आकाशे पैदल पुलको यात्रु आवागमन गर्ने भाग राख्ने काम हुने भएकाले आवागमन बन्द गर्नु परेको जनाएको छ ।
कार्यालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काम हुने भएकाले यो अवधिमा सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रुपमा बन्द गरिएको जनाएको छ ।

