स्थानीयको सहयोगमा सोलाबाङमा सिसीक्यामेरा जडान

स्थानीयको सहयोगमा सोलाबाङमा सिसीक्यामेरा जडान

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ स्थित सोलाबाङ बजार क्षेत्रमा सिसीक्यामेरा जडान गरिएको छ । स्थानीयको सहयोगमा राप्ती राजमार्गमा अवस्थित बजारको सुरक्षाको लागि छ वटा सिसीक्यामेरा जडान गरिएको हो ।

सोलाबाङ बजारलाई नमूना बजार बनाउने कोशिस अनुसार सुरक्षा व्यवस्थानमा नयाँ पहल गरिएको बजार व्यबस्थापन समितिका सल्लाहकार बिमल कुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजार व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीइको सक्रियतामा बजारका प्रत्येक व्यापारी र घरधुरीबाट मासिक रुपमा संकलन गरिएको रकमले सिसि क्यामेरा खरिद गरिएको हो । हरेक महिना व्यवसायी तथा स्थानीयबाट एक सय रुपियाँका दरले संकलन गरिएको रकमबाट सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान गरिएको हो ।

सल्लाहकार शर्माले बजार क्षेत्रको शान्ति, सुरक्षा कायम राख्नुका साथै चोरी, आपराधिक गतिविधि तथा अन्य अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न यसले महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले स्थानीयवासीले असाध्यै प्रशंसनीय कार्य गरेको बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार