आठबिसकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

आठबिसकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

मुसिकाेट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -५ मा जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाईते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार आठबिसकोट -५ को थापाँगाउँबाट सोही वडाको नयाँडाडाँ जाने क्रममा भे १ च ३११२ नम्वरको डबल क्याप जिप दुर्घटना भएको हो ।

डिएसपी पौडेलेका अनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य१३ जना घाईते भएका छन् । घाईते मध्य पाँच जनाको अवस्था गम्भिर रहेको छ । अन्य आठ जना घाईतेको अवस्था मध्यम रहेको छ ।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका ५ निवासी १० वर्षीय हरि बहादुर थापा र सोही वडाका २९ वर्षीय लक्ष्मीराम थापा रहेका छन् ।

त्यसैगरी घाईते हुनेहरुमा सोही वडा निवासी १९ वर्षीया जुना कुमारी थापा, २५ वर्षीय गाडीधनि बिरबहादुर थापा, २७ वर्षीया सीता थापा, २३ वर्षीया जुनी थापा र ८ वर्षीय युवराज थापा रहनुभएको छ । पाँचै जनाको अवस्था गम्भिर रहेको छ ।

अन्य घाईतेहरुमा सोही वडा निवासी २५ वर्षीया हिरा थापा, २ वर्षका गौरव थापा, ४ वर्षीया बिरता थापा, २३ वर्षीया सुशिला थापा यरी, २८ वर्षीया भावना थापा यरी, २७ वर्षीया खिममाया थापा, आठबिसकोट नगरपालिका २ निवासी २० वर्षीया रमिता थापा र सोही वडा निवासी १९ वर्षीया निर्मला यरी रहनुभएको छ ।

स्थानीय र प्रहरीले उद्धार गरेर घाईतेहरुलाई आठबिसकोट नगर अस्पतालतर्फ पठाएको बताईएको छ । जिप सडकबाट ३० मिटर तल खसेको छ ।

जिप चालक आठबिसकोट नगरपालिका ४ निवासी २५ वर्षीय प्रदिप बिक फरार रहेको र खोजी भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भईरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार