प्रधानमन्त्री शाह र मोदीले मोटरेबल पुलको उद्घाटन गर्नुहुने

प्रधानमन्त्री शाह र मोदीले मोटरेबल पुलको उद्घाटन गर्नुहुने

काठमाडौँ । दार्चुलाको महाकाली नगरपालिका –८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने मोटरेबल पुलको प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमद्धारा उद्घाटन गर्नुहुनेछ ।

भारत भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीले सोमबार ९नोभेम्बर २३ तारेख० मा उद्घाटन गर्ने कार्यक्रम तय भएको भारतको धारचुला तहसिलका तहसिलदार दमनशेखर राणाले जानकारी दिनुभयो ।

दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा मोटरेबल पुलको उद्घाटन गर्ने भएपछि पुल क्षेत्रमा साजसज्जा र भर्चुअल प्रविधिका लागि तयारी गरिएको उहाँले बताउनुभयो ।

पुलको उद्घाटनका लागि सबै तयारी पूरा गर्न केन्द्र सरकारबाट पत्राचार भएको उहाँले जानकारी दिनुभयो । भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको मोटरेबल पुलको शिलान्यास आव २०७९–८० असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गर्नुभएको थियो ।

भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पन्जाब ३२ करोड ९८ लाख भारतीय रुपियाँमा निर्माण गरेको उक्त पुलको उद्घाटन गरिन लागेको हो ।

मोटरेबल पुलको उद्घाटन हुने भएपछि नेपालतर्फको पुल छेउमा प्रहरी, सशस्त्र प्रहरी र भन्सार बस्नका लागि तत्कालको लागि अस्थायी संरचना निर्माण गर्न लागिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार