साउने सक्रान्तिको अवसरमा बाँफिकोटमा भलिबल प्रतियोगिता

साउने सक्रान्तिको अवसरमा बाँफिकोटमा भलिबल प्रतियोगिता

रुकुम पश्चिम । साउने सक्रान्तिको अवसरमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-३ नेपानेमा स्थानिय शाईकुमारी युवा समुहले मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । मौलिक चाडपर्व सस्कृतिको जगेर्ना र आपसी हार्दिकता र आत्मीयता प्रगाढ बनाउनका लागि उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
जम्मा १० वटा समूह सहभागी भएकोमा आयोजक शाईकुमारी समूह प्रथम स्यार्पुताल समूह दोस्रो र तामाखानी युवा समूहले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा विजयी समुहहरुलाई नेविसंघका निवर्तमान केन्द्रिय सदस्य तारक केसीले प्रोत्साहन स्वरुप १० ८ र५ हजार पुरस्कार सहित सम्मान गरेका थिए ।

वडा स्तरमा उक्त आयोजना गरिएको उक्त प्रतियोगितामा बाह्रय स्थानका खेलाडीहरुलाई भने आमन्त्रण नगरीएको आयोजक समुहका संयोजक तिलक बिकले बताए ।
कार्यक्रममा प्रमुख अतिथी केसीले खेलाडी तथा विजयी समुहहरुलाई उज्ज्वल भबिस्यको कामना सहित समाज र रास्ट्रका हरेक गतिविधिमा रचनात्मक र सृजनशिल कामका माध्यमबाट नेतृत्वदायी भुमिका निर्वाह गर्दै वर्तमानमा देखा परेका चुनौतीको सामना गर्न र खेलकुद संगै कृषि पर्यटन र उत्पादनमुलक काममा जोदिनुपर्नेमा जोड दिएको आयोजक समितिका सदस्य मोतिराम बोहराले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार