राप्ती स्वास्थ्य प्रतिष्ठानको आइसोलेसनमा राखिएका पाँच जनाको रिपोर्ट ‘नेगेटिभ’

राप्ती स्वास्थ्य प्रतिष्ठानको आइसोलेसनमा राखिएका पाँच जनाको रिपोर्ट ‘नेगेटिभ’

चैत्र १६  दाङ

कोरोना सङ्क्रमणको आशङ्कामा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

एक हप्ताअघि कोरोना सङ्क्रमणको आशङ्कामा प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएका ३ जनाको परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको प्रतिष्ठानका कायममुकाय रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिनुभयो ।

आइतबार ‘नेगेटिभ’ रिपोर्ट आएका ३ जनालाई घरमै १४ दिन सेल्फ–क्वरेण्टीनमा बस्नेगरी डिस्चार्ज गरिएको देवले बताउनुभयो ।

आइतबार बिहान प्रतिष्ठानले विज्ञप्ति निकालेर आइसोलेसनमा भर्ना गरिएका पाँचैँ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जानकारी दिएको हो ।

यसअघि शुक्रबार प्रतिष्ठानको क्वरेण्टीनमा रहेका २ जनाको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार