मल नल्याउने शैलुङ इन्टरप्राइजेजलाई कारबाही गर्न बाटो खुल्यो

मल नल्याउने शैलुङ इन्टरप्राइजेजलाई कारबाही गर्न बाटो खुल्यो

काठमाडौं । समयमा मल नल्याउने ठेकदार कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कारबाही गर्न बाटो खुलेको छ । शैलुङलाई कारबाही नगर्न कृषि सामग्री कम्पनीविरुद्ध जारी भएको अन्तरिम आदेश खारेज भएको हो । उच्च अदालतका मुख्य न्यायाधीश डा। कुमार चुडा र न्यायाधीश रेखा थापा पाण्डेको संयुक्त इजलाशले अन्तरिम आदेश खारेजको निर्णय गरेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले पुष्टि गरेका छन् ।

बुधबार उच्च अदालतबाट अन्तरिम आदेश खारेज गर्ने आदेश भएको उनले बताए । प्रवक्ता पोखरेलले भने, अब शैलुङलाई कारबाही गर्ने प्रक्रिया अघि बढ्छ । शैलुङबाट धरौटी जफत, कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाउने र तेस्रो ठेक्कामा मल ल्याउन नसकेबापत कारबाहीको प्रक्रिया सुरु गर्ने उनले जानकारी दिए ।

तरकारी तथा गहुँमा हाल्न ग्लोबल टेण्डरमार्फत ३० हजार मेट्रिक टन युरिया मल कात्तिक २४ गतेसम्म ल्याउन गत असारमा शैलुङले ठेक्का पाएको थियो । असारे धानकै लागि चाहिने मल ल्याउन सकेको थिएन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार