रुकुमपूर्वमा १८ किलो अफिमसहित ३ जना पक्राउ

रुकुमपूर्वमा १८ किलो अफिमसहित ३ जना पक्राउ

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले १८ किलो ५ सय ग्राम लागूऔषध अफिमसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको भूमे गाउँपालिका–३, झुम्लाबाङका ३४ वर्षीय ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४, अमलाचौरका ५८ वर्षीय मन्सराम खत्री र भूमे गाउँपालिका–३, झुम्लाबाङ घर भइ वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षीय हिक्मत पुन छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

ताराप्रसाद र मन्सरामलाई १४ गते राति ११:५० बजे सिस्ने गाउँपालिका–६ को छिप्रिदहस्थित एक होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको डिएसपी बज्राचार्यले बताए । यो संगै जिल्लामा गत साउन महिना देखि पुषसम्म लागू औषध  अफिम सहित पक्राउ पर्नेको संख्या १२ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार