कर्णालीका रुकुमपश्चिम, कालिकोट र मुगुमा कोरोना संक्रमितको संख्या शून्य

कर्णालीका रुकुमपश्चिम, कालिकोट र मुगुमा कोरोना संक्रमितको संख्या शून्य

सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ। कर्णाली प्रदेशको रुकुमपश्चिम, कालिकोट र मुगु जिल्लामा कोरोना संक्रमितको संख्य शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सबै संक्रमित निको भई डिस्चार्ज भएसँगै साेहि जिल्ला कोरोनामुक्त भएका हुन्। यसअघि रुकुमपश्चिममा २५५, कालीकोटमा ३२८ र मुगुमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो। विभिन्न आइसोलेसनमा उपचाररत संक्रमित हाल निको भई घर फर्किसकेका छन्।

सामाजिक विकास मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार सुर्खेतमा ९७, दैलेखमा दुई, जाजरकोटमा १४, सल्यानमा ३१, जुम्लामा छ, हुम्लामा ११ र डोल्पामा नौ जना गरी १७० कोरोना संक्रमणका सक्रिय बिरामी छन्।

मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात हजार ३५७ पुगेको जानकारी दिए। कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार