बालाजुमा युवकको हत्या

बालाजुमा युवकको हत्या

काठमाडौँ । काठमाडौँको बालाजु बाइपासमा स्थानीय टेलर व्यवसायी (लुगा सिउने) बिच भएको झगडामा एकजनाको ज्यान गएको छ ।

मंगलबार राति स्थानीय दुई टेलर व्यवसायीबिच भएको विवादले उग्र रुप लिँदा अन्दाजी २३ वर्षका कलाम मियाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

राति ९ बजेतिर अर्का टेलर व्यवसायी अन्दाजी २३ वर्षका सुबोध शर्माले कपडा काट्ने कैँचीले मियाँको कोखामा प्रहार गरेका थिए । गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएको भए पनि राति साढे १० बजे निधन भएको हो ।

घटनापछि भागेका शर्मालाई प्रहरीले बुधबार बिहान फर्पिङ्गबाट पक्राउ गरेको छ । मृत्यु हुने मियाँ र आक्रमण गर्ने शर्मा दुवै भारतको मोतिहारीका बासिन्दा हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार