रुकुम सल्ले अस्पतालको आइसोलेसनमा राखिएका युवाको रिपोर्ट नेगेटिभ

रुकुम सल्ले अस्पतालको आइसोलेसनमा राखिएका युवाको रिपोर्ट नेगेटिभ

चैत्र १६ रुकुम पश्चिम
कोरोना भाइरस (कोभिड -१९) को सङ्क्रमणको आशङ्कामा भारतको केरालाबाट घर फर्किएका रुकुम पश्चिम आठविसकोट नगरपालिकाका  वडा न. २ घर भएका  २० बर्षका युवाको  रिपोर्ट नेगेटिभ आएको छ । चैत्र १२ गते उनको स्वाब परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौ पठाइएको थियो ।

संक्रमित देश बाट आएका र उनीमा कोरोना भाइसरको लक्षण देखिएपछि चैत्र ११ गते जिल्ला अस्पतला सल्ले रुकुम पश्चिमको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

आइसोलेसन वार्डमा बसेका उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको छ । उनको रिपोर्ट नेगेटिभ आएपनि क्वारेन्टाइनमा बस्नुपर्ने समय अवधी १४ दिन रहेकोले बाँकी ४ दिन क्वारेन्टाइनमा बस्ने स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका डा. महेश चौलागाईले बताउनु भयो । उनि बाहेक जिल्लाबाट अरु कसैको पनि स्वाब परिक्षणका लागि काठमाडौ पठाइएको छैन ।

यस्तै भारत लगायत अन्य देशहरुबाट २ सय ५२ जना जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । उनीहरूमध्ये २३ जना क्वारेन्टाइनमा राखिएको छ । मुसीकोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा ७ र चौरजहारी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा १६ जना छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार