दैलेखमा ब्राउन सुगरसहित दुईजना पक्राउ

दैलेखमा ब्राउन सुगरसहित दुईजना पक्राउ

काठमाडौँ । दैलेखबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-१० कालिकानगरकी २७ वर्षीया सिर्जना गुरुङ र बाँकेकै बैजनाथ गाँउपालिका- १ गाभरका २१ वर्षीय विशाल रोकाय रहेका छन् ।

दैलेखको गुराँस गाँउपालिका-२ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिक सडकखण्डबाट दुवै जनालाई नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा हिँडिरहेको वेला उनीहरुको खानतलासी गर्दा गुरुङको साथबाट ४० पोका लागूऔषध ब्राउन सुगर र रोकायाको साथबाट ३४ हजार नगर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट लागूऔषध ब्राउनसुगर मुद्दामा म्याद थप अनुमति लिएर आवश्यक अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार