सुनचाँदी व्यवसायी महासङ्घको अध्यक्षमा माणिकरत्न शाक्य

सुनचाँदी व्यवसायी महासङ्घको अध्यक्षमा माणिकरत्न शाक्य

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित हुनुभएको छ । महासङ्घको आइतबार सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित हुनुभएको छ । एसोसिएट्स उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित हुनुभएको छ ।

साधारणसभाको गएको शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ २०६९ साल फागुुन २० गते विधिवत्रुपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता सङ्गठन हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार