कर्णाली प्रदेशमा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

कर्णाली प्रदेशमा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

संगम केसी
कर्णाली प्रदेशबाट कोरोना भाइरस कोभिड १९ परीक्षणका लागी स्वाबको नमुना संकलन गरेर काठमाडौ पठाइएका सबै रिपोर्ट नेगेटिभ आएका छन । चैत्र १६ गतेसम्म राष्टिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएका १७ वटा सबै रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभएको छ ।

विभिन्न जिल्लाबाट ज्वोरो र रुघाखोकी लागेर कोरोनाको शंका लागेका व्यक्तिहरुको स्वाब परीक्षणको लागी काठमाडौँ पठाउने गरिएको छ । कर्णाली प्रदेशका जिल्लामा कोरोना परीक्षणको लागि अहिले सम्म ल्याब नहुँदा समस्या भइरहेको छ। स्वाबको नमुना संकलन गरेर काठमाडौं पठाएको रिपोर्ट आउन करिब ३–४ लाग्ने गरेको छ ।

यस्तै सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर आइसोलेसन, आईसीयू र भेन्टिलेटर बेडको संख्या ३ सय ६३ रहेको छ। तीमध्ये १ सय ३५ बेड जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन्। सुर्खेतस्थित प्रदेश अस्पतालमा ८९ बेड रहेका छन्।

मन्त्रालयका अनुसार हालको अवस्थामा प्रदेशभरि आईसीयू संख्या १७ वटा रहेको छ। तीमध्ये १० वटा जुम्लामा, ५ वटा सुर्खेतमा र २ वटा दैलेखमा छन्। कर्णालीमा प्रदेशभर २ हजार ५ सय २८ बेडको क्वारेन्टाइन निर्माण भएको पनि संक्रमित मुलुकबाट आएका मान्छेहरु भने क्वारेन्टाइनमा नभई घरमै बसिरहेका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित मुलुकबाट आएका नागरिकको संख्या ८ हजार ६ सय ५० रहेको छ। यीमध्ये करिब ३ सय जना मात्र क्वारेन्टाइमा बसिरहेका सामाजिक विकासमन्त्री दल रावलले बताउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार