नेकपाका दुई समूहबिच झडप, वडाध्यक्ष घाइते

नेकपाका दुई समूहबिच झडप, वडाध्यक्ष घाइते

सुर्खेत । हुम्लामा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहबिच झडप भएको छ।

झडपमा परि अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन्।

वडा नम्बर १ को कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएकाेे गाउँपालिका अध्यक्ष दल फडेराले बताए।

थापाको टाउको तथा मुखमा चोट लागेको छ। स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार