काठमाडौंकाे रवि भवनस्थित सिटी अपार्टमेन्टमा भीषण आगलागी

काठमाडौंकाे रवि भवनस्थित सिटी अपार्टमेन्टमा भीषण आगलागी

काठमाडौँको रवि भवनमा साेमबार दिउँसो भीषण आगलागी भएको छ। रवि भवनस्थित सिटी अपार्टमेन्टमा आगलागी भएको हो ।

आगो नियन्त्रणमा लिनका लागि वारुणयन्त्रसहित हेलिकप्टर पनि परिचालन गरिएको छ। आगलागीको कारण खुलेको छैन। पाँचौ तल्लाबाट  आगलागी सुरु भएको हाेे ।

उनका अनुसार अपार्टमेन्टबाट मानिसहरुलाई बाहिर निकाल्ने काम भइरहेको छ भने नेपाल प्रहरी, नेपाली सेना, काठमाडौँ महानगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।                                                                              आगलागीबाट भएको क्षतिको विवरण पनि प्राप्त नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले जानकारी दिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार