आज कुन जिल्लामा कति काेराेना संक्रमित थिएन ?

आज कुन जिल्लामा कति काेराेना संक्रमित थिएन ?

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ओखलढुङ्गामा १, झापामा ४, तेह्रथुममा २, पाँचथरमा १, मोरङमा ४, संखुवासभामा १, सुनसरीमा ४, काठमाडौँमा १५९, काभ्रेमा ११, चितवनमा ५, दोलखामा २, धादिङमा २, नुवाकोटमा १०, भक्तपुरमा २७, ललितपुरमा ३२, सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा ३१, गोरखामा ३, नवलपरासीपुर्वमा १, पर्वतमा २, म्याग्दीमा ३, स्याङ्जामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा ९, रुपन्देहीमा ६, हुम्लामा १, कैलालीमा १, डडेलधुरामा १, डोटीमा १, दार्चुलामा १ तथा बझाङमा ३ जना संक्रमित थपिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार