दुर्घटनामा परि एककाे मृत्यु, दुईजना घाइते

दुर्घटनामा परि एककाे मृत्यु, दुईजना घाइते

काठमाडौँ । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । बुधबार जिल्लाको गौशाला नगरपालिका-१ स्थित रेल्वे ट्र्याक नजिक ज १२ प २७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दु्र्घटना हुँदा मोटरसाइकलको बीचमा सवार धनुषाको धनौजी गाउँपालिका ५ बहुवर्वाका २० वर्षीय नौसाद अन्सारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय करामद अन्सारी र पछाडि सवार १९ वर्षीय असाद अन्सारी घाइते भएका छन् ।

यस्तै, बलवा नगरपालिका-१० धमौरामा मोटरसाइकलको ठक्करबाट एउटा निलगाईको मृत्यु भएको छ । बलवा नगरपालिका-९ अध्यानपुर बस्ने २० वर्षीय तहसीन कवारीले चलाएको ज ६ प ४९०८ नम्बरको मोटरसाइकलको ठक्करबाट निल गाईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार