आज ६७४३ वडामै कांग्रेसको विरोध प्रदर्शन हुदै

आज ६७४३ वडामै कांग्रेसको विरोध प्रदर्शन हुदै

काठमाडौं । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोतान्त्रिक ठहर गर्दै नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्दैछ । नेपाली कांग्रेस केन्द्रीय समितिको पुस १९ गतेको बैठकको निर्णयअनुसार विहीबार वडा तहमा प्रदर्शन गर्न लागिएको हो ।

वडामा हुने सभालाई कांग्रेसका जिल्लास्तरीय नेताहरुले सम्बोधन गर्नेछन् । अधिकांश जिल्ला समितिहरुले आन्दोलन सफल बनाउन जिल्लाभित्रका वडाहरुमा प्रतिनिधि खटाएका छन् ।

कांग्रेसले यसअघि माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन र सभा गरेको थियो । त्यस्तै पुस २५ गते ३ सय ३० प्रदेशसभा क्षेत्र र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गरेको थियो ।

दोस्रो चरणको आन्दोलनको अन्तिम कार्यक्रम अन्तर्गत आज वडाहरुमा प्रदर्शन हुन लागेको हो । कांग्रेस सभापति देउवाले बुधबार साँझ विज्ञप्ती जारी गर्दै वडाकेन्द्रीत आन्दोलनमा सहभागि हुन आह्वान गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार