वीर र पाटन अस्पतालमा मृत्यु हुने तीनजनाकाे टेकुमा परीक्षण हुँदै, रिपोर्ट आउन बाँकी

Duduwa Corona

वीर र पाटन अस्पतालमा मृत्यु हुने तीनजनाकाे टेकुमा परीक्षण हुँदै, रिपोर्ट आउन बाँकी

चैत्र १७  काठमाडौँ

राजधानीको वीर अस्पताल र पाटन अस्पताल कोरोना भाइरसको संक्रमण परीक्षणका लागि पठाइएका तीनजनाको मृत्यु भएको छ ।

वीर अस्पतालमा दुईजना र पाटन अस्पतालमा एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार जानकारी दिए।

वीर अस्पतालमा करिब ५० वर्षीय एक पुरुष र एक युवती तथा पाटन अस्पतालमा एक जना २६ वर्षीय युवकको मृत्यु भएकाे हाे।

उनीहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको भने पुष्टि भएको छैन।  प्रवक्ता डा. देवकोटाले तीनैजनाको नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा देवकोटाले दिएको जानकारीअनुसार ती तीनैजनाको नमूना संकलन गरी टेकुस्थित प्रयोगशालामा परीक्षणका लागि पठाइए पनि रिपोर्ट भने आइसकेको छैन।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार