शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट

शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

आज सुनकाे मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। बिहीबार नेपाली बजारमा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य समेत घटेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो। बिहीबार १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि १२ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार